सेयर बजारमा ४ अर्बको कारोबार, ३ कम्पनीमा सकारात्मक सर्किट

काठमाडौं । बुधबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.५७ अंकले बढेर २७३६.१७ बिन्दुमा पुगेको हो । 

नेप्सेका अनुसार १२७ कम्पनीको सेयर मूल्य बढ्दा १३४ कम्पनीको सेयर मूल्य घटेको छ । १० कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

बुधबार ३५६ कम्पनीको ९२ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार आँखु खोला जलविद्युतको भएको छ । आँखुको २८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

साथै सप्तकोशी डेभलपमेन्ट बैंकको २० करोड, सीटी होटलको १६ करोड, अप्पर हेवाखोलाको १४ करोड र सेन्ट्रल फाइनान्सको ११ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कालिन्चोक हाइड्रो, सोपन फर्मा र एपोलो हाइड्रोको सेयर मूल्य १४.९९ प्रतिशतले बढेका छन् ।     

Share News