काठमाडौं । लागुऔषध खैरो हिरोइनसहित एक युवक पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका २६ को कपुराधाराबाट २५ वर्षीय दीपक भन्ने टंकनाथ निरौला पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार विशेष सूचनाका आधारमा खटिएको टोलीले उनलाई नियन्त्रणमा लिई खानतलासी गर्दा उनको साथबाट करिब १४ ग्राम खैरो हिरोइनजस्तो देखिने पदार्थ बरामद गरेको हो ।
बरामद पदार्थसहित निरौलालाई नियन्त्रणमा लिएर लागुऔषधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
निरौला सुनसरीको दुहवी नगरपालिका– ८ का हुन् ।