सेयर बजारमा ३ अर्ब ९० लाख रुपैयाँको कारोबार

काठमाडौं । बिहीबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छैन । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८.१४ प्रतिशतले घटेर २७२८ बिन्दुमा झरेको हो ।

नेप्सेका अनुसार ८२ कम्पनीको सेयर मूल्य बढ्दा १७८ कम्पनीको सेयर मूल्य घटेको छ । १३ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

बिहीबार ३५० कम्पनीको ९२ लाख कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार सीटी होटलको भएको छ । सीटी होटलको २३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

साथै सेन्ट्रल फाइनान्सको १७ करोड, बुंगल हाइड्रोको १६ करोड, पिपुल्स हाइड्रोको १५ करोड ९० लाख र आँखु खोलाको १५ करोड ५८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सोपन फर्माको १५ प्रतिशत र एपोलो हाइड्रोको सेयर मूल्य १४.९७ प्रतिशतले सेयर मूल्य बढेको छ ।   

Share News