काठमाडौं । नेपाल एसबिआई बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आगामी असार १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
बैंकले निक्षेप तथा कर्जातर्फका ब्याजदरहरू समयसापेक्ष बजार अवस्थाअनुसार परिमार्जन गरेको जनाएको छ ।
प्रकाशित नयाँ ब्याजदर अनुसार ग्राहकहरूले विभिन्न बचत, मुद्दती निक्षेप तथा कर्जा सुविधाहरूमा अद्यावधिक दरको लाभ लिन सक्नेछन् ।
बैंकले सम्पूर्ण ग्राहक तथा सरोकारवालाहरूलाई नयाँ ब्याजदर सम्बन्धी विस्तृत जानकारीका लागि आफ्नो आधिकारिक वेबसाइट, मोबाइल बैंकिङ तथा नजिकको शाखा कार्यालयमा सम्पर्क गरी जानकारी प्राप्त गर्न सकिने समेत बैंकले जनाएको छ ।
नयाँ ब्याजदर देहाय बमोजिम रहेको छ । नेपाल एसबिआई बैंकले विगत ३२ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
हाल बैंकका १०३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखा रहीत बैंकिङ, १२७ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।
यस्तो छ नयाँ ब्याजदर :