सेयर बजारमा ४ अर्बको कारोबार, २ कम्पनीमा सकारात्मक सर्किट

काठमाडौं । सोमबार सेयर बजारमा समान्य अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १२.२६ अंकले घटे २७११ बिन्दुमा झरेको छ ।

नेप्सेका अनुसार ७३ कम्पनीको सेयर मूल्य बढ्दा १८८ कम्पनीको सेयर मूल्य घटेको छ । १२ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

सोमबार ३५० कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार आँखु खोला जलविद्युतको भएको छ । आँखुको ३८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

साथै १०.२५ प्रतिशत एनबीबीएल डिभेन्चरको २७ करोड, लक्ष्मी सनराइजको २२ करोड, एसवाई प्यानलको २० करोड, रिलाइन्स स्पिनिङको १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । 

सोपन फर्मास्युटिकल्स र एपोलो हाइड्रोको सेयर मूल्य १४.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।  

Share News