श्रम संस्कृति पार्टीको अवरोधपछि संसद १५ मिनेटका लागि स्थगित

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसदहरूको विरोधका कारण प्रतिनिधिसभा बैठक १५ मिनेट स्थगित भएको छ ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल भइरहेको थियो । छलफलका क्रममा सम्बन्धित मन्त्रीहरूले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिइरहेका थिए।

यसैबीच श्रम संस्कृति पार्टीका सांसदहरूले आफ्नो माग सम्बोधन नभएको भन्दै बैठकमा विरोध जनाएका थिए । उनीहरूको लगातारको अवरोधपछि सभामुख डीपी अर्यालले १५ मिनेटका लागि संसद स्थगित गरेका हुन् ।

संसद स्थगित भएसँगै विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफल र मन्त्रीहरूको जवाफ दिने कार्यसमेत प्रभावित भएको छ । 

Share News