टक्सार पिखुवा र याम्बालिङ हाइड्रोको सेयर मूल्य १५ प्रतिशतले बढ्यो

काठमाडौं । सोमबार सेयर बजारमा सामान्य अकंको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १.४६ अंकले घटेर २७०० बिन्दुमा झरेको छ ।

नेप्सेका अनुसार ११६ कम्पनीको सेयर मूल्य बढ्दा १४३ कम्पनीको सेयर मूल्य घटेको छ । १४ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

आज २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । टक्सार पिखुवा र याम्बालिङ हाइड्रोपावरेको सेयर मूल्य १५ प्रतिशतले बढेको छ ।   

सोमबार ३५३ कम्पनीको ८१ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार सोपन फर्मास्युटिकल्सको भएको छ । सोपनको ३७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

साथै एनआरएन इन्फाइस्ट्रक्चरको ३० करोड, १०.२५ प्रतिशत एनबीबीएलको २८ करोड, स्वाबलम्बनको २० करोड र आँखु खोलाको १७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।   

Share News