२५२ कम्पनीको सेयर मूल्य बढ्यो, ३ अर्बको कारोबार

काठमाडौं । बुधबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४४.५९ अंकले बढेर २६५२.९३ बिन्दुमा पुगेको हो ।

नेप्सेका अनुसार २५२ कम्पनीको सेयर मूल्य बढ्दा १७ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

बुधबार ३६२ कम्पनीको ९५ लाख कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार लक्ष्मी सनराइज बैंकको भएको छ । लक्ष्मी सनराइजको २८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । 

साथै रिलाइन्स स्पिीनिङ मिल्सको १७ करोड ५१ लाख, आँखु खोलाको १७ करोड २३ लाख र एनआरएन इन्फास्ट्रक्चरको १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । स्नो रिभरसको १४.९९ प्रतिशत र सिवाइसी नेपाल लघुवित्तको १४.२२ प्रतिशतले बढेको छ । 

बुधबार सबै उपसमूहका सूचकमा हरियाली छाएको छ । बैंकिङ १.१४ प्रतिशत, डेभलपमेन्ट बैंकको १.१५ प्रतिशत, फाइनान्सको १.४९ प्रतिशत, होटल तथा पर्यटनको १.६६ प्रतिशत र हाइड्रोपावरको २.४२ प्रतिशतले बढेको छ ।   

Share News