संसदीय समितिमा पुग्यो राष्ट्र बैंक विधेयक

यस्तो छ नयाँ व्यवस्था

काठमाडौं । प्रतिनिधिसभामा रहेको नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक २०८३ संसदीय समितिमा प्रवेश गरेको छ । बुधबार प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विधेयकमाथि दफावार छलफलका लागि भन्दै प्रस्ताव पेस गरेका थिए । 

अर्थमन्त्री डा. वाग्लेले विधेयकमाथि दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनेर प्रस्ताव राखेका थिए । सभाले प्रस्ताव स्वीकृत गरेपछि संसदीय समितिमा प्रवेश गरेको हो । 

अब संसदीय समितिमा विधेयकमाथि छलफल हुनेछ । छलफलपछि आवश्यक राय सुझाव सहित पुनः प्रतिनिधिसभा आएर स्वीकृत हुनेछ । 

बुधबार नै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले पर्यटन विधेयक, २०८२ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । सो विधेयक पनि संसदीय समितिमा पेस भएको छ । 

Share News