राहदानी विभाग अगाडि युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाए

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागको गेट नम्बर ३ अगाडि एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन् ।

प्रहरीका अनुसार मुगुको सोरु गाउँपालिका–१ घर भई हाल भक्तपुर बस्दै आएका २५ वर्षीय गणेश नेपालीले मोटरसाइकलबाट पेट्रोल निकालेर आफ्नै शरीरमा आगो लगाएका हुन् ।

घटनालगत्तै प्रहरीले उनको उद्धार गरी काठमाडौंको महाबौद्धस्थित वीर अस्पताल पुर्याएको छ । अस्पतालमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक जानकारीअनुसार उनी हल्का बोल्न सक्ने अवस्था भए पनि अवस्था गम्भीर रहेको छ ।  शरीरका विभिन्न भाग जलेको प्रहरीले जनाएको छ ।

घटनाको कारण खुल्न बाँकी नै छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share News