रिलायबल नेपाल लाइफको ३ करोड ७१ लाख कित्ता सेयरको लक-इन अवधि सकिँदै

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको लक-इन अवधि सकिने भएको छ । कम्पनीको संस्थापक सेयरधनी तथा कर्मचारीको स्वामित्वमा रहेको ३ करोड ७१ लाख ५७ हजार १२० कित्ता सेयरको लक-इन अवधि साउन ३० गते समाप्त हुने भएको हो । 

नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार नेपाल धितोपत्र बोर्डमा दर्ता रहेको कुल ५ करोड १९ लाख ६८ हजार कित्ता सेयरमध्ये संस्थापक सेयरधनी तथा कर्मचारीको नाममा रहेको सेयरको लक-इन अवधि समाप्त हुन लागेको हो । 

कम्पनीका अनुसार लक-इन अवधिमा रहेको संस्थापक सेयरधनीको सेयर संख्या ३ करोड ६३ लाख ७७ हजार ६०० कित्ता रहेको छ । यस्तै कर्मचारीलाई बाँडफाँट गरिएको ७ लाख ७९ हजार ५२० कित्ता सेयरको पनि लक-इन अवधि सोही मितिमा समाप्त हुनेछ ।

सञ्चालक तथा कम्पनीको उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरूको हकमा भने नियमानुसार सेयर रोक्का रहने स्पष्ट पारेको छ ।

Share News