त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपालीको मृत्यु

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका मुगुका गणेश नेपालीको निधन भएको छ ।

वीर अस्पतालमा भेन्टिलेटरमा उपचाररत् नेपालीको केही बेरअघि निधन भएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईले विकासन्युजलाई जानकारी दिए ।

मुगुको सोरु गाउँपालिका–१ घर भई हाल भक्तपुर बस्दै आएका २५ वर्षीय बिहीबार (असार २५ गते) नेपालीले मोटरसाइकलबाट पेट्रोल निकालेर आफ्नै शरीरमा आगो लगाएका थिए ।

घटनालगत्तै प्रहरीले उनको उद्धार गरी वीर अस्पताल पुर्याएको थियो । उनी राइड सेयरिङको काम गर्दै आएका थिए ।

प्रेम आचार्यले आत्मदाह गर्दा बालेनले भनेका थिए- राज्य असफल भयाे

बाइकमा ह्विल लक गरेकै कारण गणेशले आत्मदाहको प्रयास गरेका हुन् ?

Share News