काठमाडौं । काठमाडौंको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको उपचारकै क्रममा निधन भएको छ ।
शनिबार बिहान आफ्नै घरको भान्साकोठामा आफूमाथि आगो लगाएका राउतलाई प्रहरीले तत्काल उद्धार गरी वीर अस्पताल पुर्याएको थियो । उनको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार राउतको उपचारका क्रममा केहीबेरअघि निधन भएको हो ।
प्रहरीका अनुसार राउतको शरीरको ५० प्रतिशतभन्दा बढी भाग जलेको थियो । राउत श्रीमती र छोरासहित बुद्धनगरमा बस्दै आएका थिए ।