१४ अंकले बढ्यो नेप्से, ४ अर्बको कारोबार

काठमाडौं । बुधबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४ अंकले बढेर २५९० विन्दुमा पुगेको छ ।

नेप्सेका अनुसार १९५ कम्पनीको सेयर मूल्य बढ्दा ६० कम्पनीको सेयर मूल्य घटेको छ । १९ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

बुधबार ३६२ कम्पनीको ८४ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार १० प्रतिशत हिमालयन बैंक डिभेन्चरको ४४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

साथै ७ प्रतिशत आरबीबीएल डिभेन्चरको ३३ करोड, १०.२५ प्रतिशत एनआइसी एसियाको २१ करोड, सिद्धार्थ बैंकको १५ करोड र आँखु खोला जलविद्युतको ११ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज १२ उपसमूहका सूचक बढेको छ । बैंकिङ ०.७४ प्रतिशत, डेभलपमेन्ट बैंक १.३७ प्रतिशत, फाइनान्स ०.५० प्रतिशत, होटल तथा पर्यटन ०.६१ प्रतिशत र हाइड्रोपावर ०.४७ प्रतिशतले बढेको छ । 

धितोपत्र बोर्ड (सेबोन) ले ‘नेपालको पूँजी बजार विकास मार्गचित्र, २०८३’ सार्वजनिक गरेसँगै लगानीकर्ताको मनोबल बढेको देखिएको छ । 

Share News