फर्स्ट माइक्रोफाइनान्सको नाफामा ७४ प्रतिशत छलाङ, लाभांश क्षमता १०.१३ प्रतिशत

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म १९ करोड ७ लाख २८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको १० करोड ९८ लाख ४६ हजार रुपैयाँको तुलनामा ७३.६३ प्रतिशत बढी हो ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म लघुवित्तको खुद ब्याज आम्दानी ७.४६ प्रतिशतले बढेर २२ करोड ७४ लाख ९१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा यस्तो आम्दानी २१ करोड १६ लाख ८१ हजार रुपैयाँ थियो ।

समीक्षा अवधिमा लघुवित्तको सञ्चालन नाफा ७३ प्रतिशतले बढेर २७ करोड २७ लाख ५१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सञ्चालन नाफा १५ करोड ७६ लाख १५ हजार रुपैयाँ रहेको थियो ।

गत आर्थिक वर्षमा लघुवित्तको वितरणयोग्य नाफा १३ करोड ६१ लाख ९६ हजार रुपैयाँ पुगेको छ । यस आधारमा लाभांश क्षमता १०.१३ प्रतिशत रहेको छ । अघिल्लो वर्ष वितरणयोग्य नाफा ९ करोड ३ लाख ४० हजार रुपैयाँ तथा लाभांश क्षमता ६.७२ प्रतिशत थियो ।

१ अर्ब ३४ करोड ४८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तको जगेडा कोषमा ३४ करोड ८४ लाख रुपैयाँ सञ्चित रहेको छ । अघिल्लो वर्ष जगेडा कोषमा ३० करोड ७३ लाख ८५ हजार रुपैयाँ थियो ।

गत आर्थिक वर्षमा लघुवित्तले ३ अर्ब ७६ करोड ४ लाख रुपैयाँ सापटी परिचालन गरी ४ अर्ब ६५ करोड ७९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष ४ अर्ब ९० करोड ९६ लाख रुपैयाँ सापटी परिचालन गरी ६ अर्ब ५ करोड ५९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो। लघुवित्तको कर्जा सापटी अनुपात (सीडी रेसियो) १२०.१५ प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर १४.१८ रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष ईपीएस ८.१७ रुपैयाँ थियो। मूल्य आम्दानी अनुपात (पीई रेसियो) ६०.६५ गुणा तथा प्रतिसेयर नेटवर्थ १३७.२६ रुपैयाँ रहेको छ ।

लघुवित्तको कुल खराब कर्जा घटेर २.८८ प्रतिशतमा झरेको छ । अघिल्लो वर्ष कुल खराब कर्जा ३.८४ प्रतिशत रहेको थियो ।

Share News