काठमाडौं । गणपूरक संख्या (क्वोरम) नपुगेपछि नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको १९औँ वार्षिक साधारण सभा स्थगित भएको छ । विभिन्न एजेण्डासहित लघुवित्तले असार ३२ गते साधारण सभा बोलाएको थियो ।
तर, कम्पनी ऐन, २०६३ को दफा ६७ तथा संस्थाको प्रबन्धपत्र÷नियमावलीबमोजिम आवश्यक गणपूरक संख्या (क्वोरम) नपुगेपछि सभा स्थगित भएको थियो ।
साथै सञ्चालक समितिको असार ३२ गते बसेको बैठकले उक्त सभा साउन १० गते बिहान ११ बजे भक्तपुरको ह्वाइट प्यालेस ब्याङ्क्वेट, मध्यपुर थिमी-३, कौशलटारमा पुनः सञ्चालन गरिने संस्थाले जनाएको छ ।
संस्थाका अनुसार स्थगित सभामा यसअघि समावेश गरिएका प्रस्तावहरू नै प्रस्तुत गरिनेछन् । त्यस्तै, असार ३२ गतेका लागि विधिवत दर्ता भएका प्रोक्सी (प्रतिनिधि) हरू पुनः बस्ने सभामा स्वतः मान्य हुनेछन् ।