नियम उल्लंघन गर्ने दुई फर्मलाई जरिवाना, १० वटालाई निर्देशन

काठमाडौं । स्थलगत अनुगमनका क्रममा कैफियत भेटिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण  विभागले दुई वटा फर्मलाई जरिवाना गरेको छ ।

विभागले किसु चमेनागृहलाई २० हजार रुपैयाँ जरिवाना गरिएको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५ बमोजिम खरिद बिल बिजक नराखेकाले सोही ऐनको दफा ३८ (घ) बमोजिम जरिवाना गरिएको विभागले जनाएको छ ।

यस्तै, काठमाडौंको जडिबुटीमा रहेको क्याल्मेरा अटाएर प्रालिलाई ५ हजार रुपैयाँ जरिवाना गरेको छ । विभागले कुल १२ फर्ममा अनुगमन गरेकामा १० वटालाई भने सुधारात्मक निर्देशन दिएको छ ।

उद्योग, फर्महरूको अनुगमन गर्दा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देश एवं कारबाही गरिएको विभागले स्पष्ट पारेको छ । बजारमा स्वच्छता कायम राख्न, अखाद्य वस्तुको कारोबार रोक्न, बिल बिजक जारी गराउन विभागले नियमित अनुगमन गर्दै आएको छ । 

Share News