काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा खुद नाफा ४६.६९ प्रतिशत बढेर ८८ करोड ९९ लाख ३७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ६० करोड ६६ लाख ७१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
गत आवको असार मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी १६ प्रतिशत बढेर २ अर्ब ४२ करोड रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको चौथो त्रैमासमा बैंकले २ अर्ब ७ करोड रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।
असार मसान्तसम्म बैंकको खुद शुल्क तथा कमिसन आम्दानी २५ करोड ७२ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी २ अर्ब ९५ करोड २७ लाख रुपैयाँ र सञ्चालन नाफा १ अर्ब ३५ करोड ३० लाख रुपैयाँ रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी २१ करोड ४६ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी २ अर्ब ४६ करोड ११ लाख रुपैयाँ र सञ्चालन नाफा ८८ करोड ४४ लाख रुपैयाँ थियो ।
गत वर्षको असारसम्म बैंकको वितरणयोग्य नाफा ४९ करोड २३ लाख रुपैयाँ पुगेको छ । यस आधारमा बैंकको लाभांश क्षमता १३.१९ प्रतिशत रहेको छ । अघिल्लो वर्ष ३६ करोड ८३ लाख रुपैयाँ वितरणयोग्य नाफा र १०.३६ प्रतिशत लाभांश क्षमता थियो ।
३ अर्ब ७३ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब १० करोड २६ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १७.०६ रुपैयाँबाट बढेर २३.८३ रुपैयाँ पुगेको छ । यस्तै बैंकको मूल्य आम्दानी अनुपात १६.९५ गुणा छ भने प्रतिसेयर नेटवर्थ १६९.५० रुपैयाँ रहेको छ।
गत असारसम्म बैंकले ५६ अर्ब ९२ करोड रुपैयाँ निक्षेप संकलन गरी ४५ अर्ब ८७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्षसम्म बैंकले ५४ अर्ब ६६ करोड रुपैयाँ निक्षेप संकलन गरी ४२ अर्ब ८२ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो । गत वर्ष बैंकको निक्षेप ४ प्रतिशत अर्थात् २ अर्ब २६ करोड रुपैयाँ र कर्जा ७ प्रतिशत अर्थात् ३ अर्ब ५ करोड रुपैयाँ बढेको देखिन्छ ।
समीक्षा वर्षमा बैंकको खराब कर्जा (एनपीएल) ५.५२ प्रतिशतबाट बढेर ६.८७ प्रतिशत पुगेको छ ।