काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले करिब १० करोड रुपैयाँ बराबरको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक समूहअन्तर्गतका ८ लाख ३९ हजार ५८३ कित्ता सेयर शिलबन्दी बोलपत्रमार्फत बिक्री गर्न लागेको हो ।
कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य १२० रुपैयाँ तोकेको छ । यस आधारमा बिक्रीमा राखिएको सेयरको कुल न्यूनतम मूल्य १० करोड ७ लाख ४९ हजार ९६० रुपैयाँ बराबर रहेको छ ।
इच्छुक योग्य व्यक्ति तथा संगठित संस्थाले साउन १८ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदन न्यूनतम ५० हजार कित्ता वा सोभन्दा बढी १० ले भाग जाने संख्यामा तथा अधिकतम सम्पूर्ण सेयरका लागि दिन सकिनेछ ।
सेयर बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ । बोलपत्र फाराम १०० रुपैयाँ शुल्क तिरेर एनआइएमबि एस क्यापिटलबाट प्राप्त गर्न सकिनेछ । आवेदनसँग आफूले खरिद गर्न चाहेको सेयरको कुल मूल्यको ५ प्रतिशत बराबर धरौटी रकम जम्मा गरेको प्रमाण अनिवार्य रूपमा पेश गर्नुपर्नेछ ।
प्राप्त शिलबन्दी बोलपत्र साउन १९ गते दिउँसो ३ बजे खोलिने कम्पनीले जनाएको छ। बिक्रीका लागि आह्वान गरिएको सेयरभन्दा बढी आवेदन परेमा मागका आधारमा समानुपातिक रूपमा सेयर बाँडफाँड गरिनेछ ।