एभरेष्ट कलरको सेयर मूल्य १५ प्रतिशतले बढ्यो

काठमाडौं । मंगलबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.६४ अंकले घटेर २६९६ बिन्दुमा झरेको हो ।

नेप्सेका अनुसार ९८ कम्पनीको सेयर मूल्य बढ्दा १६६ कम्पनीको सेयर मूल्य घटेको हो । १३ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

आज एभरेष्ट कलर लिमिटेडको सेयर मूल्य १५ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

मंगलबार ३४२ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार सेन्ट्रल फाइनान्सको भएको छ । सेन्ट्रलको २७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

साथै रिडि पावरको २१ करोड, सोलु हाइड्रोको १९ करोड र ग्लोबल आइएमई बैंकको १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । 

Share News