प्रमुख निर्वाचन आयुक्त कार्कीले लिए शपथ

काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बिहीवार प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माबाट उनले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

त्यस्तै, आयुक्तद्वय गुरु वाग्ले र डा. राजीव सुब्बाले पनि पद तथा गोपनीयताको शपथ ग्रहण गरे । 

null

वाग्ले र सुब्बाले प्रमुख निर्वाचन आयुक्त कार्कीबाट शपथ ग्रहण गरेका हुन् ।

कार्की सर्वोच्च अदालतको रजिष्ट्रार पदमा कार्यरत रहेकै बखत संवैधानिक परिषदबाट प्रमुख आयुक्तमा सिफारिस भएका थिए । संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन भएपछि कार्कीको सपथ गरिएको हो । 

बुधवार मात्रै संसदीय सुनुवाइ समितिले तीन जनाकै नाम सर्वसम्मत अनुमोदन गरेको थियो ।

Share News