काठमाडौं । पाकिस्तानस्थित ब्रड पिक हिमालमा गएको हिमपहिरोमा परेर नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’सहित १० जना पर्वतारोही सम्पर्कविहीन भएका छन् ।
सम्पर्कविहीन हुनेमा ६ जना नेपाली र अन्य मुलुकका चार जना नागरिक रहेका छन् । हिमपहिरोपछि उनीहरूसँग सम्पर्क टुटेको जनाइएको छ ।
पाकिस्तानको अल्पाइन क्लबले सार्वजनिक गरेको सूचीअनुसार बेपत्ता हुनेमा ओमानकी नधिरा अहमद अब्दुल्लाह अल हार्थी, पाकिस्तानका सोहेल साखी, चीनका वाङ जोङ, अमेरिकाकी मालोरी गाइस तथा नेपालका निर्मल पुर्जा ‘निम्स दाइ’, पुरबहादुर गुरुङ, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा र ग्यालु शेर्पा रहेका छन् ।
हिमपहिरोपछि उद्धार तथा खोजी अभियानबारे विस्तृत विवरण आउन बाँकी रहेको छ । बेपत्ता आरोहीहरूको अवस्थाबारे थप जानकारी प्राप्त गर्ने प्रयास भइरहेको सम्बन्धित निकायले जनाएको छ ।