काठमाडौं । शुक्रबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १२.९६ अंकले बढेर २६८५ बिन्दुमा पुगेकाे हो ।
नेप्सेका अनुसार १७८ कम्पनीको सेयर मूल्य बढ्दा ८५ कम्पनीको सेयर मूल्य घटेको छ । १२ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
शुक्रबार ३३७ कम्पनीको ८८ लाख कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार रिडि पावर कम्पनीको भएको छ । रिडिको १७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
साथै ग्लोबल आइएमई बैंकको १५ करोड, सेन्ट्रल फाइनान्सको १४ करोड, रिलाइन्स स्पिीनिङको ११ करोड र कर्पोरेट डेभलपमेन्ट बैंकको १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
एभरेष्ट कलरको सेयर मूल्य १४.९९ प्रतिशतले बढेको छ ।