सेयर बजारमा साढे ४ अर्बको कारोबार

काठमाडौं । सोमबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३.९३ अंकले घटेर २६८१ बिन्दुमा झरेको हो ।

नेप्सेका अनुसार १०० कम्पनीको सेयर मूल्य बढ्दा १६८ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

सोमबार ३४९ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार रिलाइन्स स्पिीनिङको भएको छ । रिलाइन्सको २७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । 

साथै रिडि पावरको २० करोड, ग्लोबल आइएमईको १९ करोड, सप्तकोशी डेभलपमेन्टको १७ करोड र एनआरएन इन्फ्राइस्ट्रक्चरको १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । 

एभरेष्ट कलरको सेयर मूल्य १४.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।   

Share News