काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सुदूरपश्चिम प्रदेशका रास्वपा सांसदहरूसँगको छलफल जारी छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार (आज) बिहान ११ बजेबाट छलफल सुरु भएको हो ।
सांसदहरू ताराप्रसाद जोशी, खेमराज कोइराला, हरिमोहन भण्डारी, जनकसिंह धामी, ज्ञानेन्द्र महता, जगत जोशी, कोमल ज्ञवाली र केपी खनालले प्रधानमन्त्रीसँग छलफल गरिरहेका हुन्।
समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको सचिवालयले जनाएको छ ।