काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा जीवन बीमा कम्पनीहरूले बीमालेख नवीकरण गरेर १ खर्ब ५० अर्ब रुपैयाँ बढी बीमाशुल्क संकलन गरेका छन् ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा जीवन बीमकले एक वर्षमा १ खर्ब ५० अर्ब ६१ करोड ५७ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेका हुन् ।
अघिल्लो आव २०८१/८२ मा बीमा कम्पनीहरूले १ खर्ब ३७ अर्ब ७३ करोड २ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेका थिए । अघिल्लो आवको तुलनामा बीमा कम्पनीहरूले संकलन गरेको नवीकरण बीमाशुल्क ९.३६ प्रतिशतले बढेको छ ।
एक वर्षमा सबैभन्दा धेरै नवीकरण बीमा शुल्क संकलन गर्ने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स अगाडि रहेको छ । कम्पनीले एक वर्षमा ४० अर्ब ६० करोड ९२ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको छ ।
जुन अघिल्लो आवको तुलनामा कम्पनीले संकलन गरेको नविकरण बीमाशुल्क ८.८९ प्रतिशतले बढेको छ । अघिल्लो आवमा कम्पनीले ३७ अर्ब २९ करोड ५० लाख रुपैयाँ संकलन गरेको थियो ।
दोस्रो धेरै नवीकरण बीमाशुल्क संकलन गर्नेमा नेसनल लाइफ रहेको छ । गत वर्ष कम्पनीले बीमालेख नविकरण गरेर १७ अर्ब ७४ करोड ५ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको छ ।
अघिल्लो आवमा कम्पनीले १६ अर्ब ३७ करोड ८९ लाख रुपैयाँमात्रै नवीकरण बीमाशुल्क संकलन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको नवीकरण बीमाशुल्क ८.३१ प्रतिशतले बढेको छ ।
तेस्रो धेरै नवीकरण बीमा शुल्क संकलन गर्ने कम्पनीमा लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल रहेको छ । कम्पनीले गत वर्ष र १७ अर्ब ६९ करोड ६६ लाख रुपैयाँ नवीकरण बीमा शुल्क संकलन गरेको छ ।
अघिल्लो आवमा कम्पनीले १६ अर्ब ८८ करोड ७३ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको थियो । समीक्षा वर्षमा कम्पनीले संकलन गरेको नवीकरण शुल्क ४.७९ प्रतिशतले बढेको छ ।
त्यसैगरी, गत वर्ष हिमालयन लाइफले १५ अर्ब ६२ करोड ७९ लाख रुपैयाँ, सूर्यज्योति लाइफले ९ अर्ब १६ करोड ११ लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ८ अर्ब ८४ करोड २८ लाख रुपैयाँ, एसियन लाइफले ७ अर्ब ७२ करोड ५८ लाख रुपैयाँ, सिटिजन्स लाइफले ६ अर्ब ६ करोड १२ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ५ अर्ब ६५ करोड ८९ लाख रुपैयाँ र मेटलाइफले ५ अर्ब २१ करोड ९१ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेका छन् ।
अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा हिमालयन लाइफको ५.२६ प्रतिशत, सूर्यज्योति लाइफको १४.५० प्रतिशत, राष्ट्रिय जीवन बीमा कम्पनीको १.१२ प्रतिशत, एसियन लाइफको ९.५८ प्रतिशत, सिटिजन लाइफको १७.५८ प्रतिशत र सानिमा रिलायन्स लाइफको १५.८५ प्रतिशत र मेटलाइफको ८.५५ प्रतिशतले नवीकरण बीमाशुल्क बढेको छ ।
त्यस्तै, आइएमई लाइफले ४ अर्ब ६७ करोड ९९ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ४ अर्ब १८ करोड ४९ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ४ अर्ब १४ करोड ७० लाख रुपैयाँ र सन नेपाल लाइफले ३ अर्ब २६ करोड ३ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेका छन् ।
अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा आईएमई लाइफको २५.७६ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १५.४६ प्रतिशत, रिलायबल नेपाल लाइफको १७.४३ प्रतिशत र सन नेपाल लाइफको नवीकरण बीमाशुल्क १६.४१ प्रतिशतले बढेको छ ।
