राष्ट्रिय वाणिज्य बैंकले साढे १ करोडमा मोटरसाइकल र स्कुटर किन्दै

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले साढे १ करोड रुपैयाँ बराबरका मोटरसाइकल र स्कुटर खरिद गर्ने भएको छ । बैंकले १ करोड १३ लाख ६६ हजार रुपैयाँ बराबरका मोटरसाइकल र २६ लाख ८६ हजार रुपैयाँ बराबरका स्कुटर खरिद गर्ने भएको हो । 

मोटरसाइकल तथा स्कुटर खरिदका लागि जगदम्बा मोटर्स प्रालिको बोलपत्र स्वीकृतिका लागि छनोट गरेको बैंकले जनाएको छ । बैंकका अनुसार सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम जगदम्बा मोटर्स प्रालिलाई छनोट गरिएको हो । 

प्राप्त बोलपत्रहरूको विस्तृत मूल्याङ्कनपछि जगदम्बा मोटर्स प्रालिको प्रस्ताव न्यूनतम मूल्याङ्कित तथा सारभूत रूपमा प्रभावग्राही देखिएकाले स्वीकृतिका लागि छनोट गरिएको बैंकले जनाएको छ ।

Share News