ट्राफिक प्रहरीलाई पुँजी बजार र डिजिटल बैंकिङ सुरक्षाबारे सचेतना

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको समन्वयमा ट्राफिक प्रहरी कर्मचारीका लागि वित्तीय साक्षरता तथा लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

लक्ष्मी सन्राइज क्यापिटल र लक्ष्मी सन्राइज बैंकको आयोजनामा कार्यक्रम गरिएको हो । कार्यक्रममा ट्राफिक प्रहरी कर्मचारीलाई पुँजी बजार, लगानीका अवसर तथा डिजिटल बैंकिङ सुरक्षाबारे जानकारी दिइएको थियो ।

कार्यक्रममा ट्राफिक प्रहरीको दीर्घकालीन आर्थिक सुरक्षाका लागि धितोपत्र बजारका विभिन्न संयन्त्र, लगानी गर्ने तरिका, फाइदा तथा चुनौतीबारे जानकारी गराइएको थियो ।

यस्तै, सुरक्षित डिजिटल वित्तीय कारोबारका विषयमा समेत प्रशिक्षण दिइएको थियो ।

वक्ताहरूले सडक अनुशासनजस्तै वित्तीय अनुशासन पनि आवश्यक रहेको बताए । उनीहरूले सानो रकमबाट नियमित बचत गर्दै सुरक्षित लगानीको सुरुवात गर्न सकिने बताएका थिए ।

‘बचतसँगै लगानी गर्ने बानी बसालौँ र समृद्ध भविष्य निर्माण गरौँ’ भन्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रमले ट्राफिक प्रहरी कर्मचारीमा लगानीप्रति सकारात्मक सोच विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

कार्यक्रममा वरिष्ठ ट्राफिक प्रहरी अधिकृत, आयोजक संस्थाका पदाधिकारी तथा काठमाडौं उपत्यकामा कार्यरत ट्राफिक प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो ।

Share News