सुनसरी र सिरहाका ४ जनालाई सहिद घोषणा गर्ने मन्त्रिपरिषद्को निर्णय

फाइल तस्बिर ।

काठमाडौं । सरकारले सुनसरी र सिरहा जिल्लामा घटेको घटनामा ज्यान गुमाउने ४ जनालाई सहिद घोषणा गर्ने भएको छ ।

मंगलबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले ४ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको हो ।

सुनसरीमा ज्यान गुमाएका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रवीन्द्र मेहता र त्यस्तै, सिरहामा ज्यान गुमाएका गणेश यादवलाई सहिद घोषणा गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।

Share News