यी हुन् सुनसरी घटनामा मृत्यु भई घोषणा गरिएका चार शहिद

काठमाडौं । सरकारले सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका चार जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रविन्द्रकुमार मेहता तथा सिराहाका गनेशकुमार यादवलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो ।

सरकारले प्रदर्शनका क्रममा ज्यान गुमाएका उनीहरूलाई सहिदको सम्मान दिने निर्णय गरेको हो ।

Share News