काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालमै उत्पादन गरिएको ह्युन्डाई भेन्यु र भेन्यु एन लाइन सार्वजनिक गरेको छ ।
नयाँ डिजाइन, आधुनिक प्रविधि, सुरक्षा र प्रदर्शनलाई प्राथमिकता दिइएको नयाँ भेन्युले कम्प्याक्ट एसयूभी बजारमा नयाँ विकल्प थपेको कम्पनीले जनाएको छ ।
‘मेड–इन–नेपाल’ भेन्यु आकर्षक तथा बलियो एसयूभी डिजाइनमा उपलब्ध छ ।
यसमा ट्विन हर्न एलईडी डेटाइम रनिङ लाइट, होराइजन एलईडी पछाडिको बत्ती, विद्युतीय रूपमा सञ्चालन हुने टिल्ट एन्ड स्लाइड सनरुफ, १०.२५ इन्चको सूचना तथा मनोरञ्जन प्रणाली र ६ वटा एयरब्याग राखिएको छ ।
भेन्युमा १.२ लिटर पेट्रोल र १.० लिटर टर्बो पेट्रोल इन्जिन विकल्प उपलब्ध छन् । कम्पनीका अनुसार यी इन्जिनले आरामदायी ड्राइभिङसँगै इन्धन दक्षता र राम्रो प्रदर्शन प्रदान गर्छन् ।
त्यस्तै, भेन्यु एन लाइनलाई भेन्युको थप स्पोर्टी तथा आकर्षक संस्करणका रूपमा सार्वजनिक गरिएको छ ।
यसमा ‘एन’ ब्रान्डिङ भएका सिट र एलोय ह्विल, रातो रङको विशेष आकर्षणसहितको बडी क्ल्याडिङ तथा एन लाइनका विशिष्ट डिजाइन समावेश छन् ।
भेन्यु एन लाइनले नियमित भेन्युमा उपलब्ध प्रविधि, आराम र प्रयोगात्मकतालाई कायम राख्दै थप गतिशील ड्राइभिङ अनुभव दिने कम्पनीको दाबी छ ।
मेड–इन–नेपाल ह्युन्डाई भेन्यु एचएक्स २ – १ हजार १९७ सीसी पेट्रोल, एचएक्स ५ प्लस – १ हजार १९७ सीसी पेट्रोल र एचएक्स ५ डीसीटी– ९९८ सीसी टर्बो पेट्रोल गरी तीन भेरियन्टमा उपलब्ध रहेको छ ।
यसको सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।
त्यस्तै, भेन्यु एन लाइनको सुरुवाती मूल्य ६७ लाख ९६ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
मेड–इन–नेपाल हुन्डाई भेन्यु र भेन्यु एन लाइन देशभरका ह्युन्डाई शोरुममा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
ग्राहकले नजिकको हुन्डाई शोरुममा पुगेर नयाँ भेन्युको डिजाइन, प्रविधि तथा ड्राइभिङ अनुभव लिन सक्नेछन्।