काठमाडौं । सानिमा रिलायन्स लाइफको गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा १.६९ प्रतिशत बढेर ३८ करोड ३८ लाख ६५ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले ३७ करोड ७४ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
गत वर्ष कम्पनीको खुद बीमा शुल्क आर्जन १६.१७ प्रतिशत बढेर ७ अर्ब ८५ करोड ४० लाख ६८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कम्पनीले ६ अर्ब ७६ करोड ६ लाख ४४ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
गत वर्ष कम्पनीले ७ अर्ब २१ करोड ७४ लाख ९४ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष कम्पनीले ६ अर्ब ५४ करोड २७ लाख ७३ हजार रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।
गत वर्ष कम्पनीले ९ अर्ब ६० करोड ३१ लाख ७२ हजार रुपैयाँ कुल आम्दानी गरेर ९ अर्ब २२ करोड २८ लाख ८८ हजार रुपैयाँ कुल खर्च गरेको छ । अघिल्लो वर्ष कम्पनीले ८ अर्ब ६९ करोड १६ लाख ५२ हजार रुपैयाँ कुल आम्दानी गरेर ८ अर्ब ३१ करोड ८४ लाख ९० हजार रुपैयाँ कुल खर्च गरेको थियो ।
५ अर्ब १ करोड ४९ लाख २४ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको महाविपत्ति कोषमा १८ करोड ५९ लाख २५ हजार रुपैयाँ रहेको छ । कम्पनीको जीवन बीमा कोष २५ अर्ब ५५ करोड ५९ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी ७.६५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ११२.६२ रुपैयाँ रहेको छ ।