काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ का लागि लाभांश घोषणा गरेको छ । कम्पनीले दुई आर्थिक वर्षको मुनाफाबाट कुल २२.५२६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
कम्पनी सञ्चालक समितिको साउन २७ गते बसेको बैठकले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको १२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले करसहित १६ करोड ३६ लाख ३६ हजार ४४० रुपैयाँबराबरको नगद लाभांश दिनेछ ।
यसैगरी, आर्थिक वर्ष २०८१/८२ को सञ्चित मुनाफाबाट कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
जसमा १० प्रतिशत बोनस सेयर रहेको छ । बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश दिने कम्पनीले जनाएको छ ।
प्रस्तावित लाभांश विद्युत् नियमन आयोग तथा कम्पनीको आगामी साधारणसभाबाट स्वीकृत भएपछि सेयरधनीलाई वितरण गरिनेछ ।