तोलामा ५ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

सुनको मूल्य बिहीबार तोलामा ५ सय रुपैयाँले घटी ३ लाख ६ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

सुनको मूल्य हिजो पनि तोलामा १ हजार २ सय रुपैयाँले घटी ३ लाख ६ हजार ७ सय कायम भएको थियो ।  

त्यसैगरी, आज चाँदीको मूल्य भने थोरै बढेको छ । तोलामा ५ रुपैयाँ बढेर चाँदीको भाउ आज ४ हजार ७ सय ५० रुपैयाँ पुगेको महासंघले जनाएको छ । 

गत वर्षको माघमा सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो । नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो । 

Share News