काभ्रेमा नक्कली सुन र बिल देखाएर ठगी गर्ने लामा पक्राउ

काठमाडौं । काभ्रेमा नक्कली सुन र बिल देखाएर ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । ३२ वर्षीय अक्षय लामालाई सुनजस्तो देखिने धातुसहित प्रहरीले पक्राउ गरेको हो ।

लामाले सुन पसलको बिलसमेत बनाई नक्कली सुन दिई ठगी गर्ने गरेको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रवक्ता रविन विष्टले जानकारी दिए ।

‘सक्कली सुन भनेर सुन पसलको बिलसमेत बनाई नक्कली सुन दिई ठगी गरेका थिए,’ उनले भने ।

उनको कोठामा खानतलासी गर्दा ठगी मुद्दामा प्रमाण प्रयोगमा आउने दसीहरू फेला परेको उनले जानकारी दिए। 

लामा काभ्रेपलाञ्चोक बेथानचोक- ५ का हुन् ।
 

Share News