सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका नेता खगराज भट्ट नियुक्त भएका छन् ।

प्रदेश प्रमुख नजिर मियाँले उनलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

भट्टले शुक्रवार (आज) बिहान प्रदेश प्रमुखको कार्यालयमा पुगी मुख्यमन्त्री पदका लागि दाबी पेस गरेका थिए । 

उनलाई नेकपा एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले समर्थन गरेका छन् ।

नवनियुक्त मुख्यमन्त्री भट्टसहित मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ आज अपरान्ह ३ बजे हुने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार पदबाट राजीनामा दिएका थिए ।

नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका शाहले नेकपा एमाले र नेकपाको गठबन्धनपश्चात अल्पमतमा परेपछि राजीनामा दिएका हुन् ।

Share News