काठमाडौं । नेपाल बैंकको गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा ४६.२० प्रतिशत बढेर ४ अर्ब ५० करोड १ लाख ९९ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकले ३ अर्ब ७ करोड ८० लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
गत असारसम्म बैंकको खुद ब्याज आम्दानी १.०४ प्रतिशत घटेर १० अर्ब ३ करोड ३० लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले १० अर्ब १३ करोड ९२ लाख ८७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब २ करोड ९० लाख १५ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १२ अर्ब ८ करोड ९९ लाख ६९ हजार रुपैयाँ र सञ्चालन नाफा ७ अर्ब १९ करोड १४ लाख ६४ हजार रुपैयाँ रहेको छ ।
अघिल्लो वर्ष बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब १७ करोड ८० लाख ७२ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ११ अर्ब ९९ करोड ५३ लाख १५ हजार रुपैयाँ र सञ्चालन नाफा ४ अर्ब ४४ करोड ७९ लाख ९२ हजार रुपैयाँ रहेको छ ।
गत वर्ष बैंकको वितरणयोग्य नाफा २ अर्ब ३२ करोड ७९ लाख ६० हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश वितरण क्षमता १५.८४ प्रतिशत रहेको छ ।
१४ अर्ब ६९ करोड ४० लाख २२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २५ अर्ब २५ करोड २१ लाख २३ हजार रुपैयाँ रहेको छ ।
गत असारसम्म बैंकको निक्षेप संकलन २५.०२ प्रतिशत बढेर ४ खर्ब १५ अर्ब १८ करोड २९ लाख रुपैयाँ र कर्जा लगानी १०.४७ प्रतिशत बढेर २ खर्ब ४३ अर्ब ५९ करोड ६ लाख रुपैयाँ प्रवाह गरेको छ ।
अघिल्लो वर्षसम्म बैंकले ३ खर्ब ३२ अर्ब ९ करोड २३ लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २० अर्ब ४९ करोड ९७ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । गत असारसम्म बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ६२.८५ प्रतिशत रहेको छ ।
अघिल्लो वर्ष २०.९५ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी गत वर्ष बढेर ३०.६३ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ २८७.७०रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ८.५४ गुणा छ ।
बैंकको खराब कर्जा ४.५६ प्रतिशतबाट घटेर ४.१८ प्रतिशतमा झरेको छ। बैंकको कोर क्यापिटलअन्तर्गत टायर वान क्यापिटल एडुकेसी रेसियो अघिल्लो वर्षको ९.४१ प्रतिशतबाट बढेर ११.२७ प्रतिशत कायम भएको छ । समग्र क्यापिटल एडुकेसी रेसियो भने १३.६६ प्रतिशत रहेको छ ।