निर्जीवन बीमा कम्पनीले कर्मचारीको तलबभत्तामा गरे साढे ५ अर्ब खर्च

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्ष २०८२/८३ मा कर्मचारीहरूको तलब तथा भत्तामा कुल ५ अर्ब ५५ करोड ४१ लाख रुपैयाँभन्दा बढी खर्च गरेका छन् । 

कम्पनीहरूले सार्वजनिक गरेको गत आवको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार सो रकमको कर्मचारी तलबभत्तामा खर्च गरेका हुन् ।

अघिल्लो आव २०८१/८१ तुलनामा यो खर्च १.१९ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीहरूले यस शीर्षकमा ५ अर्ब ४८ करोड ८६ लाख रुपैयाँ खर्च गरेका थिए ।

सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरूमध्ये कर्मचारीको तलबभत्तामा सबैभन्दा बढी रकम खर्च गर्नेमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । 

समीक्षा वर्षमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले कर्मचारीको तलबभत्तामा ६८ करोड ६४ लाख ९३ हजार रुपैयाँ खर्च गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ७.४६ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले उक्त शीर्षकमा ६३ करोड ८८ लाख रुपैयाँ खर्च गरेको थियो ।

दोस्रो स्थानमा रहेको शिखर इन्स्योरेन्सले एक वर्षमा कर्मचारीको तलबभत्ताामा मात्रै ६२ करोड ३१ लाख ७५ हजार रुपैयाँ खर्च गरेको छ । 

अघिल्लो वर्षको तुलनामा शिखरको यस्तो खर्च १.३३ प्रतिशतले मात्र बढेको छ । अघिल्लो वर्ष कम्पनीले कर्मचारीको तलबभतमा ६१ करोड ३९ लाख रुपैयाँ खर्च गरेको थियो । 

तेस्रो स्थानमा रहेको सगरमाथा लुम्बिनी (सलिको) ले ५५ करोड ३३ लाख ३० हजार रुपैयाँ खर्च गरे पनि अघिल्लो वर्षको तुलनामा कम्पनीको खर्च १.९ प्रतिशतले घटेको छ । 

अघिल्लो आवमा कम्पनीले उक्त शीर्षकमा ५६ करोड ४२ लाख रुपैयाँ खर्च गरेको थियो ।

त्यसैगरी, प्रतिशतका आधारमा हेर्दा सबैभन्दा बढी खर्च बढाउनेमा ओरियन्टल इन्स्योरेन्स रहेको छ ।ओरियन्टलको कर्मचारी खर्च ७१.५८ प्रतिशतले बढेर २६ करोड ६६ लाख ४० हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवमा कम्पनीले १५ करोड ५३ लाख रुपैयाँ कर्मचारीको तलबभत्तामा खर्च गरेको थियो।

त्यस्तै, हिमालयन एभरेस्ट इन्स्योरेन्सले गत आवमा कर्मचारीको तलबभत्तामा ५२ करोड ६६ लाख रुपैयाँ खर्च गरेको छ । अघिल्लो आवमा कम्पनीले सो शीर्षकमा ४३ करोड ५७ लाख रुपैयाँ खर्च गरेको थियो । 

अघिल्लो आवको तुलनामा कम्पनीको कर्मचारी तलबभत्तामाम खर्च २०.८५ प्रतिशतले वृद्धि भएको छ ।

नेको इन्स्योरेन्सले एक वर्षमा कर्मचारीको तलबभत्तामा ४९ करोड ८० लाख रुपैयाँ, आईजिआई प्रुडेन्सियलले ४७ करोड ७९ लाख रुपैयाँ, युनाइडेट अजोड इन्स्योरेन्सले ४१ करोड ३९ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले ३४ करोड ९४ लाख रुपैयाँ रुपैयाँ खर्च गरेको छ । 

अघिल्लो आवको तुलनामा आइजिआई र युनाइडेडको तलबभत्तामा जाने खर्च घटेको छ भने ३.३२ प्रतिशतले बढेको छ । अघिल्लो आवको तुलनामा आइजिआईको ५.९२ प्रतिशत र युनाइटेड अजोडको १०.६१ प्रतिशतले घटेको छ ।

त्यस्तै, राष्ट्रिय बीमा कम्पनीले भने कर्मचारी खर्चमा उल्लेखनीय कटौती गरेको छ । कम्पनीको खर्च १५.८३ प्रतिशतले घटेर २० करोड ८२ लाख ४ हजार रुपैयाँमा सीमित भएको छ । 

अघिल्लो आवमा कम्पनीले यस शीर्षकमा २४ करोड ७३ लाख रुपैयाँ खर्च गरेको थियो । 

null

Share News