नयाँ टाटा पन्च इभीको विशेष अफरको आज अन्तिम दिन

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को अवसर पारेर नयाँ ‘पन्च इभी’ विशेष अफरसहित सार्वजनिक गरेको छ । 

नयाँ पन्च इभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ । 

तर, नाइमा नेपाल मोबिलिटी एक्स्पोको अवधिभर बुकिङ गर्ने ग्राहकहरूले विशेष अफरअन्तर्गत नयाँ पन्च इभी ३२ लाख ९९ हजार रुपैयाँमै खरिद गर्न सक्नेछन् । 

आज नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को अन्तिम दिन भएकाले विशेष अफरको पनि आज नै अन्तिम दिन रहेको कम्पनीले जनाएको छ । 

आजसम्म बुकिङ गर्ने ग्राहकहरूले १ लाख रुपैयाँको विशेष मूल्य लाभ प्राप्त गर्न सक्नेछन् । 

भोलिबाट भने विशेष अफर समाप्त भई नयाँ पन्च इभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ कायम हुने कम्पनीले जनाएको छ ।

साथै एक्स्पोमा बुकिङ गर्ने ग्राहकलाई कम्पनीले ११ वर्ष वा २ लाख २० हजार किलोमिटरसम्मको विस्तारित वारेन्टी समेत उपलब्ध गराएको छ ।

अत्याधुनिक ‘एक्टि.इभी’ प्लेटफर्ममा आधारित नयाँ पञ्च ईभी ३२ किलोवाट  आवर्स र ४० किलोवाट आवर्स क्षमताका दुई ब्याट्री विकल्पमा उपलब्ध छ ।

नेपालको सडकमा गरिएको परीक्षणअनुसार यसले एकपटकको फुल चार्जमा ३०० देखि ३२५ किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ ।

सुरक्षाका हिसाबले नयाँ पञ्च ईभीमा बीएनक्याप ५–स्टार सुरक्षा रेटिङ, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा र १९५ एमएम ग्राउन्ड क्लियरेन्स जस्ता विशेषता समावेश छन्।

त्यसैगरी, गाडीमा १.५ सी डीसी फास्ट चार्जिङ, भ्वाइस–एक्टिभेटेड सनरुफ, २६.०३ सेन्टिमिटरको हर्मन इन्फोटेनमेन्ट तथा डिजिटल ककपिट, भेन्टिलेटेड सिट र ३६६ लिटरको बुट स्पेस जस्ता प्रिमियम फिचरहरू पनि उपलब्ध छन् ।

Share News