स्वास्थ्य मन्त्री मेहताले गरिन् भारदह अस्पतालको निरीक्षण

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले भारदह अस्पतालको निरीक्षण गगरेकी छन् । निरीक्षणका क्रममा उनले अस्पतालको सेवा प्रवाह, भौतिक पूर्वाधार तथा उपचार व्यवस्थापनबारे जानकारी लिएकी छन् । 

मन्त्री मेहताले अस्पतालको इमर्जेन्सी वार्ड र एक्स-रे मेसिनलाई तत्काल नयाँ भवनमा सार्न निर्देशन दिइन् । 

बिरामीलाई सहज, सुरक्षित र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आवश्यक व्यवस्थापन तत्काल मिलाउन उहाँले अस्पताल प्रशासनलाई निर्देशन दिएकी हुन् । 

निरीक्षणका क्रममा मन्त्री मेहताले अस्पतालको सेवा सुधार तथा आवश्यक पूर्वाधार व्यवस्थापनका लागि मन्त्रालयका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन् । 

Share News