सुजुकीको ‘पर्वोत्सव’ योजना : १ लाखसम्म नगद छुटदेखि निःशुल्क बीमासम्म

काठमाडौं । सुजुकी नेपालले दशैं–तिहारलाई लक्षित गर्दै ‘सुजुकी पर्वोत्सव’ चाडपर्व विशेष योजना सार्वजनिक गरेको छ । सुजुकीको अधिकृत वितरक सिजी मोटोकर्पमार्फत ल्याइएको यो योजना कम्पनीका प्यासेन्जर, एसयूभी तथा लाइट कमर्सियल गाडीमा लागू हुनेछ ।

योजनाअन्तर्गत ग्राहकले १ लाखसम्म नगद छुट, १ लाखसम्म एक्सचेन्ज बोनस, निःशुल्क एक्सेसरिज, निःशुल्क आवधिक मर्मत (पीएमएस) पार्ट्स तथा एक वर्षको निःशुल्क बीमा पाउनेछन् ।

मोडेलअनुसार सुविधा फरक हुने कम्पनीले जनाएको छ । यो योजना अल्टो के१०, वागनआर, सेलेरियो, इको कार्गो, इको भ्यान, ब्रेजा, जिम्नी, भिक्टोरिस, फ्रोन्क्स र ई–भिटारालगायत सुजुकीका विभिन्न मोडेलमा लागू हुनेछ ।

‘सुजुकी पर्वोत्सव’ साउन २७ गतेदेखि कात्तिक मसान्तसम्म सञ्चालन हुनेछ । देशभरका सुजुकी शोरूमबाट ग्राहकले योजनाको सुविधा लिन सक्नेछन् ।

यसअघि सञ्चालनमा रहेको ‘ई–भिटारा पहिलो १०० युनिट प्रोमोसनल योजना’ भने छुट्टै अफरका रूपमा जारी रहने कम्पनीले जनाएको छ । पहिलो १०० युनिट बिक्री पूरा भएपछि मोडेलअनुसारको ‘सुजुकी पर्वोत्सव’ सुविधा ई–भिटारामा समेत लागू हुनेछ ।

ई–भिटारा खरिद गर्ने ग्राहकले गाडीसँगै उपलब्ध हुने मानक ३ किलोवाटको चार्जरका अतिरिक्त ७ किलोवाटको होम चार्जर निःशुल्क पाउनेछन् । होम चार्जर जडान भने ग्राहकको घरमा सम्भाव्यता रहेमा मात्र गरिने कम्पनीले जनाएको छ ।

सिजी मोटोकर्पका महाप्रबन्धक सिराज पन्तले ‘सुजुकी पर्वोत्सव’ले चाडपर्वको अवसरमा ग्राहकलाई थप मूल्य र पारदर्शिता प्रदान गर्ने बताए ।

उनले सम्भावित ग्राहकलाई नजिकको सुजुकी शोरूम तथा भदौ ९ देखि १४ गतेसम्म आयोजना हुने नाडा अटो शोमा पुगेर मोडेलअनुसारका सुविधाबारे जानकारी लिन आग्रह गरेका छन् ।

सुजुकी नेपालले प्यासेन्जर, एसयूभी तथा लाइट कमर्सियल गाडीको बिक्री तथा बिक्रीपछिको सेवा देशभरका ४२ अधिकृत आउटलेटमार्फत प्रदान गर्दै आएको जनाएको छ ।

Share News