बुढीगण्डकी आयोजनाको स्थलगत अनुगमनमा गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको फिल्ड कार्यालयमा पुगेर कार्यालयको गतिविधि तथा आयोजनासम्बन्धी विषयमा जानकारी लिएका छन् ।

गण्डकी गाउँपालिका–१, भिम्चुलिनार, गोरखास्थित फिल्ड कार्यालयमा पुगेर मन्त्री गुरुङले सम्बन्धित अधिकारीहरूसँग प्रत्यक्ष रूपमा जानकारी लिँदै आयोजनाको अवस्था र कार्यालयबाट भइरहेका कामबारे बुझेका हुन् ।

गृहमन्त्री गुरुङले स्थलगत रूपमा कार्यालयको अनुगमन गर्दै आयोजना तथा स्थानीयस्तरमा देखिएका विषयलाई नजिकबाट बुझ्ने प्रयास गरेका छन् ।

Share News