त्रिभुवन विमानस्थलबाट वायुसेवा निगमका फाइनान्स डिपार्टमेन्टकी पाण्डे र बज्रचार्य डलरसहित पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगमको फाइनान्स डिपार्टमेन्टका दुई महिला कर्मचारी पक्राउ परेका छन् ।

आइतबार काठमाडौंबाट मलेसिया जान लागेको अवस्थामा प्रहरीले ५४ वर्षीया जननी बज्राचार्य र ३५ वर्षीया ममता पाण्डेलाई पक्राउ गरेको हो ।

आइतबार राति ह्याण्ड ब्यागेज चेकिङ एरियामा शरीर खानतलासी गर्ने क्रममा उनीहरूको साथबाट विदेशी मुद्रा बरामद गरिएको विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता राजकुमार सिलवालले जानकारी दिए ।

उनका अनुसार आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि बरामद मुद्रासहित पक्राउ व्यक्तिहरूलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, पुल्चोक, ललितपुर पठाइएको छ ।

बज्राचार्यको साथबाट ४ हजार ३ सय अमेरिकी डलर र १२ हजार ३७२ मलेसियन रिङ्गेट फेला परेको थियो । 

त्यसैगरी, पाण्डेको साथबाट  ४ हजार २ सय अमेरिकी डलर र १२ हजार ३२८ मलेसियन रिङ्गेट ​​​​​​​ फेला परेको सिलवालले जानकारी दिए ।

Share News