काठमाडौं । सोमबार सेयर बजारमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.२५ अंकले घटेर २६४१ बिन्दुमा झरेको छ ।
नेप्सेका अनुसार ७२ कम्पनीको सेयर मूल्य बढ्दा २०१ कम्पनीको सेयर मूल्य घटेको छ । ५ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
सोमबार ३५० कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार रिलाइन्स स्पिीनिङको भएको छ । रिलाइन्सको १ अर्ब ३८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
साथै सोलु हाइड्रोको ३८ करोड, रिडि पावरको १६ करोड, खानीखोला हाइड्रोको १५ करोड र विकास हाइड्रोको १२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज सर्वोत्तम पेन्टस् र माउन्ट एभरेष्टको सेयर मूल्य १५ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।