काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले पाल्पाको तानसेनमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।
बैंकले सेवा विस्तार गर्ने क्रममा भदौ १ गते लुम्बिनी प्रदेशअन्तर्गत पाल्पा जिल्ला, तानसेन–७ स्थित लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल लिमिटेडको परिसरमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।
नयाँ काउन्टर सञ्चालनमा आएसँगै बैंकका एक्सटेन्सन काउन्टरको संख्या ५ पुगेको छ ।
उक्त काउन्टरमार्फत पाल्पावासीले अत्याधुनिक, सरल तथा सहज बैंकिङ सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
बैंकले ग्राहकको आवश्यकता र सुविधालाई ध्यानमा राख्दै आफ्नो सेवा सञ्जाल विस्तार गर्दै आएको जनाएको छ ।