काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । बुधबार सुनको मूल्य तोलामा २ हजार ७०० रुपैयाँले घटेको हो । चाँदीको मूल्य पनि प्रतितोला १६० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ३ लाख ४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला ३ लाख ६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, बुधबार चाँदी प्रतितोला ४ हजार ५९५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला ४ हजार ७५५ रुपैयाँ थियो ।