काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा प्रभु इन्स्योरेन्सको प्रमुख आर्थिक सूचकहरूमा सुधार देखिएको छ ।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार एक वर्षमा कम्पनीको खुद नाफा, खुद बीमा शुल्क आम्दानी, प्रतिशेयर आम्दानी (ईपीएस) लगायतका प्रमुख सूचकमा सुधार आएको छ ।
अघिल्लो आर्थिक वर्ष २० करोड ५८ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीले समीक्षा अवधिमा २४ करोड ६४ लाख ४३ हजार रुपैयाँ पुर्याएको छ ।
समीक्षा अवधिमा कम्पनीको नाफा १९.७१ प्रतिशतले वृद्धि भएको छ । नाफामा आएको सुधारसँगै कम्पनीको व्यवसाय (आम्दानी) पनि बढेको छ । एक वर्षमा कम्पनीले ६९ करोड ४५ लाख खुद बीमा शुल्क आर्जन गरेको छ।
अघिल्लो वर्षमा कम्पनीले ५६ करोड २६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क ६.४१ प्रतिशतले वृद्धि भएको छ ।
एक वर्षमा कम्पनीले ६९ करोड ४५ लाख खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवमा कम्पनीले ६५ करोड २६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क ६.४१ प्रतिशतले बढेको छ ।
कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी (ईपीएस) १३ रुपैयाँ ३३ पैसा रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १९३ रुपैयाँ रहेको छ । कम्पनीको ईपीएस ११.१३ रुपैयाँबाट सुधार भई १३.३३ रुपैयाँ पुगेको छ ।
त्यसैगरी, कम्पनीले १ वर्षको अवधिमा १ अर्ब ७४ करोड ८१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
अघिल्लो आवमा कम्पनीले २ अर्ब ३ करोड ३३ लाख रुपैयाँ कल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आवको तुलनामा समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन १४.०३ घटेको छ ।
१ अर्ब ८४ करोड रुपैयाँ चुक्तापुँजी भएको कम्पनीको विशेष जगेडामा १ अर्ब ३४ करोड ७६ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा उक्त कोषमा १ अर्ब २२ करोड ४३ लाख रुपैयाँ थियो ।
त्यस्तै, कम्पनीको महाविपत्ति कोषमा ११ करोड ३५ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १० करोड ४१ लाख रुपैयाँ र अन्य इक्विटीमा १५ करोड ४१ लाख रुपैयाँ रहेको छ ।
अघिल्लो वर्ष कम्पनीको महाविपत्ति कोषमा १० करोड १२ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ४२ करोड ९३ लाख रुपैयाँ र अन्य इक्विटीमा १९ करोड ४८ लाख रुपैयाँ रहेको थियो ।
कम्पनीको सोल्भेन्सी मार्जिन अनुपात ५.४८ रहेको छ । यसले कम्पनीको वित्तीय आधार बलियो रहेको र भविष्यका दाबीहरू सहजै भुक्तानी गर्न सक्ने क्षमता देखाउँछ ।
