काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको सचिवालय विस्तार गरेको छ । शुक्रबार बसेको केन्द्रीय समिति बैठकले सचिवालय विस्तार गर्ने निर्णय गरेको हो ।
बैठकले सचिवालयमा १० जना सदस्य थप गरेको छ । विस्तारित सचिवालयमा परराष्ट्रमन्त्री शिशिर खनाल, संसदीय दलका उपनेता गणेश पराजुली, पूर्वमहामन्त्री कवीन्द्र बुर्लाकोटी, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, लिमा अधिकारी, दीपकराज बोहरा, समीक्षा बाँस्कोटा, शिव नेपाली, इन्दिरा रानामगर र मनिष झा रहेका छन् ।
पार्टीका संगठनात्मक तथा राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउन सचिवालय विस्तार गरिएको रास्वपाले जनाएको छ । विस्तारित सचिवालयले पार्टीका दैनिक राजनीतिक, सांगठनिक तथा संसदीय गतिविधिमा समन्वय गर्नेछ ।