बैंकहरुले कर तिर्न छुट्याए साढे ३७ अर्ब रुपैयाँ, कुनको कति ?

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा ६९ अर्ब ८६ करोड ६० लाख रुपैयाँ खुद नाफा गरेका वाणिज्य बैंकहरुले ३७ अर्ब ६२ करोड २ लाख ३३ हजार रुपैयाँ आय करका छुट्याएका छन् । सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकहरूले छुट्याएको आय कर अघिल्लो वर्षको तुलनामा ९.१३ प्रतिशत अर्थात् ३ अर्ब १४ करोड रुपैयाँ बढी हो । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकहरूले ३४ अर्ब ४७ करोड रुपैयाँ आय कर छुट्याएका थिए । 

आयकरका लागि सबैभन्दा धेरै रकम छुट्याउनेमा नबिल बैंक रहेको छ । बैंकले गत आर्थिक वर्ष ३ अर्ब ६० करोड ३१ लाख रुपैयाँ आयकर छुट्याएको छ । नबिल बैंकले नै गत वर्ष बैंकिङ क्षेत्रमा सबैभन्दा धेरै खुद नाफा गरेको थियो । अघिल्लो आर्थिक वर्षमा बैंकले २ अर्ब ९७ करोड रुपैयाँ आयकर छुट्याएको थियो । गत वर्ष अघिल्लो वर्षको तुलनामा २१.११ प्रतिशत अर्थात् ६२ करोड ८२ लाख रुपैयाँ बढी रकम करका लागि छुट्याइएको हो ।

त्यस्तै, सबैभन्दा धेरै आयकर छुट्याउने बैंकको दोस्रो स्थानमा ग्लोबल आइएमई बैंक रहेको छ । बैंकले गत आर्थिक वर्ष ३ अर्ब ४५ करोड ५५ लाख रुपैयाँ आयकर छुट्याएको छ । यो अघिल्लो वर्षको २ अर्ब ६२ करोड ८६ लाख रुपैयाँको तुलनामा ३१.४५ प्रतिशत अर्थात् ८२ करोड ६९ लाख रुपैयाँ बढी हो ।

यस्तै, राष्ट्रिय वाणिज्य बैंकको ८३ हजार ३६७ प्रतिशत बढेर १ अर्ब १५ करोड ३५ लाख २७ हजार रुपैयाँ, सिटिजन्स बैंकको ८१.३७ प्रतिशत बढेर १ अर्ब ३९ करोड ५७ लाख ३ हजार रुपैयाँ, सानिमा बैंकको ५३.८२ प्रतिशत बढेर १ अर्ब ५३ करोड ३८ लाख २३ हजार रुपैयाँ, एनआइसी एशिया बैंकको ४९.६९ प्रतिशत बढेर १ अर्ब ३० करोड ३३ लाख ५२ हजार रुपैयाँ, प्रभु बैंकको ४६.३७ प्रतिशत बढेर २ अर्ब ३१ करोड ८ लाख ७१ हजार रुपैयाँ आय करका लागि छुट्याएका छन् । 

यस्तै, एनएमबि बैंकको ४१.१८ प्रतिशत बढेर १ अर्ब ७९ करोड ५५ लाख २९ हजार रुपैयाँ, प्राइम बैंकको १४.३९ प्रतिशत बढेर २ अर्ब २८ करोड ४१ लाख ३१ हजार रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)को ६.८१ प्रतिशत बढेर ३ अर्ब २ करोड ४६ लाख ६६ हजार रुपैयाँ, माछापुच्छ्रे बैंकको २.०९ प्रतिशत बढेर ९२ करोड ८५ हजार रुपैयाँ आय करका लागि छुट्याएका छन् । 

गत आर्थिक वर्षमा ९ वटा वाणिज्य बैंकको आयकर रकम भने घटेको छ । कुमारी बैंकले ३५.९६ प्रतिशतले घटाएर २ अर्ब ९२ करोड ४५ लाख ९५ हजार रुपैयाँ आयकरका लागि छुट्याएको छ । त्यस्तै, कृषि विकास बैंकले १२.०२ प्रतिशत घटाएर १ अर्ब २ करोड ८१ लाख ५४ हजार रुपैयाँ तथा स्ट्यान्डर्ड चार्टर्ड बैंकले १२.२० प्रतिशत घटाएर १ अर्ब ३१ करोड ८५ लाख ८१ हजार रुपैयाँ छुट्याएका छन् ।

एभरेस्ट बैंकले १०.०९ प्रतिशत घटाएर २ अर्ब ३१ करोड ७१ लाख १५ हजार रुपैयाँ, हिमालयन बैंकले ६.८० प्रतिशत घटाएर १ अर्ब ५९ करोड ३१ लाख ६५ हजार रुपैयाँ र लक्ष्मी सनराइज बैंकले ५.९७ प्रतिशत घटाएर १ अर्ब ६४ करोड ६१ लाख ८२ हजार रुपैयाँ आयकरका लागि छुट्याएका छन् ।

नेपाल एसबीआई बैंकले ४.६२ प्रतिशत घटाएर ८८ करोड ७७ लाख १० हजार रुपैयाँ, सिद्धार्थ बैंकले २.९८ प्रतिशत घटाएर १ अर्ब ५९ करोड ३१ लाख १९ हजार रुपैयाँ र नेपाल बैंकले ०.३९ प्रतिशत घटाएर १ अर्ब ५३ करोड ११ लाख ४१ हजार रुपैयाँ आयकरका लागि छुट्याएका छन् ।

null

Share News