१ खर्ब ८७ अर्ब ४४ करोडको वस्तु आयात, व्यापारघाटा १ खर्ब ४८ अर्ब नाघ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना (साउन) मा आयात र निर्यात दुवै वृद्धि भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार २०८३ साउनमा कुल वैदेशिक व्यापार ३५.४४ प्रतिशतले वृद्धि भई २ खर्ब २६ अर्ब १४ करोड रुपैयाँ बराबर पुगेको छ ।

गत आवको सोही महिनामा वैदेशिक व्यापारको आकार १ खर्ब ६६ अर्ब ९७ करोड थियो । तथ्यांकअनुसार २०८३ साउनम १ खर्ब ८७ अर्ब ४४ करोड रुपैयाँ बराबरको वस्तु भएको छ । जुन अघिल्लो आवको साउनको तुलनामा ३१.०४ प्रतिशतले वृद्धि भएको छ ।  अघिल्लो आवको साउनमा १ खर्ब ४३ अर्ब रुपैयाँको वस्तु आयात भएको थियो ।

त्यस्तै साउनमा ३८ अर्ब ७० करोडको वस्तु निर्यात भएको छ  छ । जुन अघिल्लो आवको तुलनामा ६१.७२ प्रतिशत धेरै हो । गत साउनमा २३ अर्ब ९३ करोड रुपैयाँ बराबरको मात्र वस्तु निर्यात भएको थियो । 

कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १७.११ प्रतिशत पुगेको छ । निर्यातको हिस्सा पोहोरको तुलनामा १९.४१ प्रतिशतले बढेको हो । आयातको हिस्सा ३.२५ प्रतिशतले घटेर ८२.८९ प्रतिशत कायम भएको छ ।

कुल व्यापार घाटा १ खर्ब ४८ अर्ब ७३ करोड बराबर पुगेको छ ।  । जुन अघिल्लो साउनको तुलनामा २४.८८ प्रतिशत धेरै हो । गत वर्ष साउनमा १ खर्ब १९ अर्ब १० करोड बराबर व्यापार घाटा रहेको थियो । 

Share News